कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • कर्मचारी विवरण
    • हाल सम्मका कार्यालय प्रमुखहरु
    • संगठनात्मक संरचना
    • शाखाहरु
      • उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा
      • कार्यक्रम तथा योजना शाखा
      • कार्यालय प्रमुख
      • प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा
      • लेखा शाखा
  • प्रकाशनहरु
    • सबै
    • Test
    • आयोजना तथा कार्यक्रम
    • उद्योग बाणिज्य प्रशासनको दैनिक प्रगति बिवरण
    • ऐन नियमहरु
    • कार्यबिधि / मापदण्ड / बिनियमहरु
    • नागरिक वडा पत्र
    • प्रतिवेदन/चौमासिक/बार्षिक
    • वार्षिक प्रगति पुस्तिका
    • स्वत: प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • संगठनात्मक संरचना
    • कर्मचारी विवरण
  • प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क

शाखाहरु को कार्य विवरण

उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा

उपभोक्ता हित संरक्षण र अधिकार सम्वन्धि कार्यालयले सम्पादन गर्ने क्रियाकलापहरु :

             उपभोक्ता अधिकार नागरिकको एक महत्वपुर्ण अधिकार हो I उक्त अधिकार संरक्षण गर्न संघीय तथा प्रदेश सरकारले औधोगिक व्यवसाय ऐन, व्यापार व्यवसाय ( दर्ता तथा संचालन ) ऐन , उपभोक्ता संरक्षण ऐन , नियमावली जस्ता ऐन नियम कानुन वनाई लागु गरेको छ I उक्त ऐन नियम कानुनहरुको प्रभावकारी कार्यान्वयन गरि आम उपभोक्ताहरुको उपभोक्ता अधिकार संरक्षण र अधिकार सुनिश्चित गर्न कर्णाली प्रदेश सरकार अन्तर्गतको प्रदेश वजार अनुगमन समितिले जिल्ला स्तरमा उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला वजार अनुगमन समिति गठन गरेको छ I कार्यालयले उपभोक्ता हित संरक्षणको क्षेत्रमा हाल तपसिलका क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ I

 १.१ वजार अनुगमन कार्यक्रम :- 

               जिल्ला वजार अनुगम समिति मार्फत कार्यालयले जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी   कार्यालय , सम्वन्धित स्थानिय सरकार अन्य सरोकारवाला निकायहरु संग आवस्यक समन्वय र सहकार्य गरि सवै क्षेत्रको सहभागितामा जिल्लाका सवै स्थानीय तहहरुमा रहेका वजार लक्षित गरि वजार अनुगमन कार्य सम्पादन गर्दै आइरहेको छ I यस कार्यवाट आम उपभोक्तालाई उपभोग्य वस्तु तथा सेवाको उपभोग गर्ने सम्वन्धमा सचेतना अभिवृद्धि भएको छ ।

१.२ सचेतनामुलक कार्यक्रम :-

             कार्यालयले यस कार्यक्रम अन्तर्गत एफ . एम . रेडियो मार्फत विभिन्न सन्देशमुलक सूचना प्रशारण गर्ने , सन्देशमुलक श्रव्यदृश्य सामाग्री निर्माण गरि प्रशारण गर्ने , दिवसहरु मनाउने , विभिन्न क्षेत्रमा यस विषयमा प्रतियोगिताहरु संचालन गर्ने र विभिन्न क्षेत्रमा उपभोक्ता सचेतना सम्वन्धिका सचेतनामुलक सुचनाहरु होर्डिङ्ग बोर्डहरु मार्फत राख्ने आदि जस्ता क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ ।  उपभोक्ता हित अधिकार को प्रभावकारी कार्यान्वयन गर्न वस्तु तथा सेवा प्रदान गर्ने पक्ष र आम उपभोक्ताको प्रमुख जिम्मेवारी र दायित्व रहेको हुन्छ I विशेष गरि यी दुई पक्षले निम्न कुराहरुमा प्राथमिकताका साथ ध्यान दिनुपर्ने हुन्छ I

वस्तु तथा सेवा उपभोग गर्ने उपभोक्ताहरुले ध्यान दिनु पर्ने बिषयहरु

  •   बिज्ञापनको भर नपरौं,गुणस्तर र मुल्य हेरी बुझी मात्र बस्तु वा सेवाको खरिद गरौँ ।
  •   प्याकिंग गरिएका बस्तुहरुमा उत्पादकको नाम ,ठेगाना र दर्ता नं. तथा ब्याज नं. हेरी मात्र खरिद गरौँ।
  •  बिक्रेताले पसलमा मुल्यसुची टाँस गरेको छ ,छैन आफुले खरिद गर्न चाहेको बस्तुको मुल्य सो सुचिमा उल्लेख छ वा छैन जाँचगरौँ ।
  •  उपभोग्य मिति नाघेका कुनै पनी बस्तुहरु प्रयोग नगरौँ।
  •  सामान खरिद गरिसके पछि अनिवार्य रुपमा बिल लिने गरौँ ।
  •  बाताबरणमैत्री वस्तु र सेवा उपयोग गरौँ स्वस्थ तथा स्वच्छ वातावरण निर्माणमा सहयोग गरौं  ।
  •  स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाहबिना जथाभाबी औषधिको प्रयोग नगरौँ ।
  •  कम नापतौल कालोबजारी तथा कृतिम अभाब गरेको जानकारी तत्काल सम्वन्धित निकायमा जानकारी दिर्इ सचेत नागरीकको भुमिका निर्वाह गरौँ ।
  •  सम्बन्धित निकायमा दर्ता नगरी उत्पादन बिक्री बितरण भएका बस्तु वा सेवा अबैध हुने तथा स्वास्थयमा गम्भीर असर पार्न सक्ने भएकोले त्यसप्रति सबै उपभोक्ता सचेत रहौँ ।

    बस्तु तथा सेवा प्रदायकले ध्यानदिनुपर्ने बिषय 

  •  वस्तु वा सेवा बिक्री बितरणपश्चात अनिवार्य रुपमा बिल विजक जारी गरौँ ।
  • उपभोग्य मिति नाघेका बस्तुहरुको बिक्री बितरण नगरौँ ।
  •  बिक्री कक्षमा अनिवार्य रुपमा मूल्यसुचि टाँस गरौँ ।
  • सम्ब्नधित निकायमा दर्ता गरेर मात्र उधोग ब्यवसाय सञ्चालन गरौँ।
  • उपभोग्य मिति समाप्त भएका बस्तुहरु नष्ट गर्ने बानी बसाली एक सभ्य ब्यवसायिको परिचय दिऔं ।
  • उत्पादन मिति उपभोग्य मिति मुल्यमा केरमेट नगरौँ ।
  • लेवल लगाएका बस्तुहरु मात्र आयात गरी बिक्री बितरण गरौँ ।
  • उपभोक्ताको स्वास्थ्य तथा बातावरणमा असर पुर्याउन सक्ने बस्तुहरुको कारोबार नगरौँ ।

सबै शाखाहरु

प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा लेखा शाखा उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा कार्यालय प्रमुख कार्यक्रम तथा योजना शाखा

सम्पर्क

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख कर्णाली प्रदेश
०८९४२०१३६
csidbdailekh1@gmail.com
Web-mail Login

सम्बन्धित लिंक्स

विस्तृत
  • CoVid19-Dashboard
  • उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
  • उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय, प्रदेश...
  • गृह मन्त्रालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

© प्रतिलिपि अधिकार 2026 - उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, कर्णाली प्रदेश