पृष्ठभूमि
पृष्ठभूमि :-
देशमा औधोगिक क्रियाकलाप तथा व्यापार व्यवसायको प्रवर्धन एवम् स्थापना विकास विस्तार गर्ने उदेश्यले नेपालमा तत्कालिन प्रधानमन्त्री जुद्ध समशेर जंग वहादुर राणावाट विक्रम संवत १९९३ सालमा उधोग परिषदको स्थापना भएको थियो I तत्पश्चात देशमा औधोगिक क्रियाकलापको विकास गर्ने क्रममा विक्रम संवत १९९६ सालमा व्यवसायिक तालिमको माध्यमवाट रोजगारीको अवसर सिर्जना गर्ने उदेश्य लिई नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको स्थापना भयो I यसरि उक्त्त उदेश्य प्राप्तिका लागि नै आ.व. २०१३/०१४ मा उक्त्त अड्डालाइ इलम केन्द्र भनेर नामाकरण गरियो । यसै क्रममा आ .व. २०२१/०२२ मा अंञ्चल केन्द्रको अवधारणा लिई देशभर १४ अञ्चल केन्द्रहरु राखी निर्धारित उदेश्य अनुरुप उक्त्त केन्द्रहरु वाट व्यवसायिक तालिम कार्यक्रमहरु संचालन हुदै आए I त्यसपछि आवस्यकता अनुसार जिल्लामा क्षेत्रीय र जिल्ला स्तरीय कार्यालयहरु खुल्दै गए I विक्रम संवत २०३० सालमा कार्यक्षेत्र विस्तार गरि केन्द्रमा रहेको इलम अड्डालाइ उधोग प्रशासनको कार्य समेत हेर्ने गरि यसको नाम केन्द्रमा घरेलु तथा ग्रामिण उधोग विभाग भनेर राखियो I विस्तारित कार्यक्षेत्र अनुरुप साविकका ७५ वटै जिल्लामा जिल्ला स्तरीय कार्यालयहरुको स्थापना भयो I
देशमा यसरी जिल्ला जिल्लामा उधोग प्रशासन र उधोग प्रवर्धन सम्वन्धिका क्रियाकलापहरु संचालन गरि रोजगारीको सिर्जना, लघु घरेलु तथा साना उधम व्यवसायहरुको स्थापना, गरि औधोगिक क्रियाकलापको माध्यमवाट आर्थिक उन्नति गर्ने उदेश्यले विक्रम संवत २०४९ सालमा साविकका क्षेत्रीय कार्यालयहरु खारेज गरि देशभरि जिल्ला स्तरीय कार्यालयहरु कायम गरियो I खासगरी तालिम कार्यक्रमहरुमा हुन सक्ने दोहोरोपना हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला विभाग अन्तर्गत र वाँकी ४८ जिल्ला घरेलु तथा साना उधोग विकास समिति अन्तर्गत राखी कार्य संचालन गर्ने नीति अवलम्वन गरि विभाग र समितिका कार्यालयहरु स्थापना भए I
यस पश्चात दैलेख जिल्लामा पनि यसै अनुरुप घरेलु तथा साना उधोग विकास समिति अन्तर्गत रहने गरि ''घरेलु तथा साना उधोग विकास समिति शाखा कार्यालय दैलेख" को नामवाट कार्यालय स्थापना भै उधोग प्रवर्धन सम्वन्धिका विभिन्न प्राविधिक र व्यवस्थापकीय तालिम कार्यक्रमहरु र उधोग प्रशासनका दैनिक प्रशासनिक कार्यहरु यस कार्यालयले सम्पादन गर्दै आइरहेको हो I यसरि कार्यालयले जिल्लामा कार्य सम्पादन गर्दै जादा आ.व. २०६१/०६२ देखि वाणिज्य विभागले सम्पादन गर्दै आइरहेको वाणिज्य प्रशासन सम्वन्धिका कार्यहरु (फर्म दर्ता,नवीकरण,ठाउँसारी,नामसारी,पुँजीवृद्धि,क्षमतावृद्धि आदि)समेत गर्न यस कार्यालयलाई अधिकार प्रत्यायोजन भई सो सम्वन्धिका कार्यहरु समेत कार्यालयले हाल सम्म सम्पादन गर्दै आइरहेको छ I
देशमा भएको व्यवस्था परिवर्तनका साथै मुलुक संघिय गणतन्त्रात्मक व्यवस्थामा गए पश्चात देशमा ७ वटा प्रदेशहरु स्थापना भए I जस मध्येको कर्णाली प्रदेशमा कर्णाली प्रदेश सरकार मातहत विक्रम संवत २०७४/११/०३ गते उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको स्थापना भयो I तत्पश्चात जिल्लामा स्थापित घरेलु तथा साना उधोग विकास समितिको कार्यालय विस्तापित गरि कर्णाली प्रदेश सरकारको उक्त मन्त्रालय अन्तर्गत रहने गरि यस जिल्लामा पनि "उधोग तथा उपभोक्त्ता हित संरक्षण कार्यालय" को नामवाट कार्यालय स्थापना भई साविक घरेलु तथा साना उद्योग विकास समितिले सम्पादन गर्दै आइरहेका (साविकका उधोग वाणिज्य प्रशासन, उधोग प्रवर्धन, उपभोक्त्ता हित संरक्षण, उपभोक्त्ता अधिकार आदि) कार्यहरु यस कार्यालयले साल वसाली रुपमा हाल सम्म सम्पादन गर्दै आइरहेको छ ।

