कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख

नारायण नगरपालिका वडा नं‍. ६, दैलेख
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • कर्मचारी विवरण
    • हाल सम्मका कार्यालय प्रमुखहरु
    • संगठनात्मक संरचना
    • शाखाहरु
      • उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा
      • प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा
      • लेखा शाखा
  • प्रकाशनहरु
    • सबै
    • Test
    • आयोजना तथा कार्यक्रम
    • नागरिक वडा पत्र
    • प्रतिवेदन/चौमासिक/बार्षिक
    • प्रतिवेदन/चौमासिक/बार्षिक
    • बार्षिक प्रतिवेदन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख

नारायण नगरपालिका वडा नं‍. ६, दैलेख
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • संगठनात्मक संरचना
    • कर्मचारी विवरण
  • प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क

पृष्ठभूमि

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो । दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानी माथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भौगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन् । यस जिल्लामा तीब्र रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन्। जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ । त्यस्तै कालीकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानीय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको उत्खनन तथा प्रशोधन भइरहेको छ। यसैगरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ । जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ। दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन् । अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ ।

 

Categories

पृष्ठभूमि दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति संगठनात्मक संरचना कर्मचारी विवरण फोटो ग्यालरी

सम्पर्क

उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख नारायण नगरपालिका वडा नं‍. ६, दैलेख कर्णाली प्रदेश
०८९४२०१३६
csidbdailekh1@gmail.com
Web-mail Login

सम्बन्धित लिंक्स

विस्तृत
  • CoVid19-Dashboard
  • उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
  • उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय, प्रदेश...
  • गृह मन्त्रालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख

© प्रतिलिपि अधिकार 2022 - उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख दैलेख, कर्णाली प्रदेश