शाखाहरु को कार्य विवरण
प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा
प्रमुख नियमित कार्यहरु
- कार्यालयको नियमित प्रशासनीक कार्य सम्पादन गर्ने ।
- उद्यमशिलता विकास तथा सीप विकास तालिम सञ्चालन गर्ने,।
- उपयुक्त प्रविधि हस्तान्तरण गर्ने, व्यवसाय प्रवर्धनका कार्यहरु गर्ने ।
- उद्योग दर्ता, नविकरण, खारेजी, ठाउँसारी, नामसारी, पुँजी बृद्धि, उदेश्य थप र प्रगती प्रतिवेदन लगायतका कार्यहरु गर्ने ।
उद्योग दर्ता गर्दा आवश्यक पर्ने कागजातहरुः
१. उद्योग दर्ताको लागि अनुसुचि १ बमोजिमको निवेदन ।
२. अनुसुचि २ बमोजिम उद्योगको परियोजना (स्कीम) I
३. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि वा राष्ट्रिय परिचयप्रत्रको प्रतिलिपि I
४. निबेदक फर्म भए फर्म दर्ता प्रमाणप्रत्र वा कम्पनि भए कम्पनि दर्ताको प्रमाणप्रत्र प्रबन्ध प्रत्र र नियमावलिको प्रतिलिपि
५. उधोग रहने स्थानको नक्सा सहितको बिवरण I
६. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी प्रत्र I
७. साझेदारीमा उधोग स्थापना गर्न चाहेको भए साझेदार बिच भएको सम्झौताको प्रतिलिपि I
उधोग दर्ता गर्ने निकायले तोकेका अन्य आवश्यक कागजातहरु :
१ जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि , जग्गा अरुको नाममा भएमा मञ्जुरीनामा , सम्बन्धित गा.पा/न.पा. वडाको सर्जिमिन मुचुल्कासहितको सिफारीस पत्र , साझेदारी फर्म भएमा कबुलियतनामा (सम्झौता पत्र) I
२ कम्पनीमा दर्ता भई उद्योगमा दर्ता गर्दा शेयर धनिहरुको नागरिकताको प्रतिलिपि, प्रवन्ध पत्र, नियमावली र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
३ इट्टा उद्योगको लागि २०० फिटको रेडियस भएको जग्गा हुनुपर्ने र बस्तीबाट १ किलोमिटर टाढा हुनुपर्ने ।
४ क्रसर उद्योगको लागि १०० फिट रेडियस भएको जग्गा, सेट राख्नुपर्ने, खोला किनाराबाट २०० मिटर, पक्की पुलबाट १०० मिटर,राजमार्गबाट २०० मिटर, हाइटेन्सन लाईनबाट १०० मिटर, गाउँवस्तीबाट २०० किलोमिटर टाढा, आरक्ष तथा मध्यवर्ती क्षेत्रबाट २ किलो मिटर टाढा हुनुपर्ने छ ।
५ वातावरण संरक्षण नियमावली २०५४ मा उल्लेख गरिएका उद्योगहरुको हकमा IEE/EIA स्वीकृत पत्र ।
६ स्वास्थ्य,पर्यटन,निर्माण,संचार जस्ता उद्योगहरु दर्ता गर्दा सम्बन्धित अधिकार प्राप्त निकायहरुको सिफारीस पत्र ।
७ निर्माण व्यवसायको लागि तोकीएको मेशिन औजारहरु ठिक हालतमा भएको मेकानिकल इन्जिनियरले प्रमाणित गरेको प्रत्र, मेकानिकल इन्जिनियरको परिसदमा दर्ता प्रमाण पत्र, मेशिननरी औजारको बिमा गरेको कागजात, कोटेशन, भ्याटबिल।
८ प्रशिक्षण केन्द्र सम्बन्धि उधोग दर्ता गर्दा सम्बन्धित व्यक्तिको आफ्नै योग्यता हुनुपर्ने, अन्यथा योग्यता भएको व्यक्तिलाई करारमा राख्नुपर्ने ।
९ उद्योग दर्ता गर्दा अनुमती लिनुपर्ने उद्योगको हकमा अनुमती पत्र ।
१० दुरी प्रमाणित अन्य निकायको सिफारीस, सर्जिमिन मुचुल्का, जग्गा धनी प्रमाण पत्र पुर्जा, मञ्जुरी नामा, जग्गाको नक्सा आदी आवश्यक पर्ने उद्योगको हकमा त्यस्ता प्रमाणित वा सिफारीस वा प्रतिक्रिया प्राप्त भएको पत्र I
११ पासपोट साईजको फोटो ३ प्रति ।
उद्योगको नविकरण गर्दा आवश्यक पर्ने कागजातहरुः
(क) उद्योगको सक्कल प्रमाण पत्र I ( ख) वार्षिक प्रगती प्रतिवेदन I
(ग) निवेदन र आवश्यक राजश्व I ( घ) लेखा परिक्षण प्रतिवेदन (पेश गर्नु पर्नेमा ) I
(ङ) गत वर्ष आन्तरिक राजश्व कार्यालयमा कर तिरेको रसिदको प्रतिलिपि I
उद्योगको नामसारी गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरुः
(क) लिनेदिने दुबै कार्यालयमा उपस्थिति भई संयुक्त निवेदन पेश गर्नु पर्ने I (ख) हकछोड पत्र I
(ग) लिनेको नागरिकताको प्रतिलिपि I (घ) उद्योग रहने जग्गाको सहमती पत्र I
(ङ) आन्तरिक राजश्व कार्यालयको सहमती पत्र I
(च) मृत्यू भइ नामसारी गर्नु पर्ने भएमा मृत्यू दर्ता प्रमाण पत्र र अन्य अंशियार भए निजहरुको सहमती तथा नाता प्रमाणित पेश गर्नु पर्ने I
उधोगको ठाउँसारी गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरुः
क) ठाउँसारीको निवेदन
ख) सम्बन्धित ठाउँको सर्जमिन मुचुल्का I
ग) जग्गा धनी पुर्जाको प्रतिलिपि I
घ) सम्बन्धित गा.पा. /न.पा. को सिफारीस I
ङ) आन्तरिक राजश्व कार्यालयको सकारात्मक प्रतिक्रिया I
च) IEE/EIA गर्नुपर्ने उद्योगकको लागि स्वीकृति पत्र I
छ) सक्कल प्रमाण पत्र I
उधोगको पुँजिवृद्धि तथा क्षमता वृद्धि गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
क) पुँजी तथा क्षमता वृद्धि गर्नु पर्नाको कारण सहितको निवेदन पत्र
ख) स्कीम (संशोधित परियोजना) I
ग) उद्धेश्य थप गर्नुपर्ने भएमा कारण सहितको निवेदन फाराम I
घ)उधोगको सक्कल प्रमाण पत्रI
उधोगको लगत कट्टा (खारेजी )
उद्योगको लगत कट्टा गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरुः-
क) लगत कट्टाको लागी कारण सहितको निवेदन I
ख) आन्तरिक राजश्व कार्यालयको सकारात्मक सहमती पत्र I
ग) अद्यावधिक नविकरण भएको सक्कल प्रमाण पत्र ।
वाणिज्य (व्यापार व्यवसाय ) फर्महरू दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, क्षमतावृद्धि, उदेश्य थप गर्दा आबस्यक पर्ने कागजातहरु :-
वाणिज्य फर्म (व्यापार व्यवसाय ) दर्ता गर्नकालागि आवस्यक पर्ने कागजातहरु
(१० लाख पुँजी भन्दा वढिको )
१.१ सम्वन्धित स्थानीय तहको सिफारिस I
१.२ वाणिज्य फर्म दर्ताको दरखास्त फारम, नागरिकताको प्रतिलिपि I
१.३ वाणिज्य फर्म दर्ताको दरखास्त फारम, नागरिकताको प्रतिलिपि ।
१.४ फर्म दर्ता गर्न प्रतिनिधि नियुक्त गरेको भए सो सम्वन्धि कागजात I
१.५ निवेदककोपासपोर्ट साइजको ३ प्रति फोटो I
१.६ साझेदारी फर्म भएमा साझेदारी सर्तनामा I
१.७ सम्वन्धित निकायवाट अनुमति/इजाजत/सिफारिस/सहमति पत्र लिनु पर्ने भए सो समेत I
१.८ वाणिज्य सम्वन्धि निजि फर्मको हकमा दरखास्तवालाको समान उदेश्य भएको अर्को फर्म दर्ता नगरेको स्व-घोषणा I
२. वाणिज्य फर्म (व्यापार व्यवसाय ) फर्म नवीकरण गर्दा आवस्यक पर्ने कागजातहरु
२.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाणपत्र I
२.२आयकर (स्थायी लेखा नम्बर ) दर्ता प्रमाणपत्रको प्रतिलिपि I
२.३५० लाख वा सो भन्दा वढी पुँजी भएको निजि फर्मको हकमा लेखा परिक्षण प्रतिवेदन I
२.४अघिल्लो आर्थिक वर्षको कर तिरेको प्रमाण पत्र I
३. वाणिज्य फर्म (व्यापार व्यवसाय ) फर्म ठाउँसारी गर्दा आवस्यक पर्ने कागजातहरु
३.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाण पत्र I
३.२ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन समेत I
३.३ अर्को जिल्लामा ठाउँसारी गर्नुपर्ने हकमा सम्वन्धित जिल्लाको सहमति I
३.४ ठाउँसारी भइ जाने स्थानीय तहको सिफारिस I
४. वाणिज्य फर्म (व्यापार व्यवसाय ) फर्मनामसारी गर्दा आवस्यक पर्ने कागजातहरु
४.१नामसारी लिने/दिनेको निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाण-पत्र I
४.२ नामसारी लिने/दिनेको नागरिकताको प्रतिलिपि I
४.३ नामसारी लिने/दिने विच भएको लेनदेनको लिखत I
४.४ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन समेत I
४.५ मृत्युको कारण नामसारी गर्नुपर्नेमा नाता प्रमाणित, पारिवारिक विवरण, मृत्युदर्ता प्रमाणपत्र र हकवालाहरुको मन्जुरिनामा
४.६ नामसारी गरि लिनेकोपासपोर्ट साइजको ३ प्रति फोटो I
५. वाणिज्य फर्म (व्यापार व्यवसाय ) फर्महरुको , पुँजी वृद्धि, गर्दा आवस्यक पर्ने कागजातहरु
५.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाण-पत्र I
५.२ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखा परिक्षण प्रतिवेदन समेत I
५.३ साविकको पुँजीमा रु. १० लाख सम्म पुँजी वृद्धि गर्नु पर्ने भएमा स्व:घोषणा पत्र र सो भन्दा वढी गर्नु पर्ने भएमा श्रोत खुल्ने प्रमाण I
६. वाणिज्य (व्यापार व्यवसाय ) फर्म लगत कट्टा (खारेजी ) गर्दा आवस्यक पर्ने कागजातहरु
६.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाण-पत्र I
६.२ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखा परिक्षण प्रतिवेदन समेत I
६.३ मृत्यूको कारणवाट खारेजी हुनेभएमा नाताप्रमाणित, पारिवारिकविवरण, मृत्यु दर्ताको प्रमाणपत्र र हकवालाहरुको मन्जुरिनामा I
७. विवरण संशोधन ( नाम परिवर्तन, कारोवार परिवर्तन/थप, क्षमता वृद्धि आदि )
७.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाण-पत्र I
७.२ सम्वन्धित निकायवाट अनुमति/इजाजत/सिफारिस/सहमति पत्र लिनु पर्ने भए सो समेत I
७.३ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखापरिक्षण प्रतिवेदन समेत I
( नोट : क्षमता वृद्धिगर्नु पर्ने हकमा अनिवार्य पुँजी वृद्धिगर्नु पर्ने )
८. शाखा दर्ता
८.१ निवेदन साथ फर्म दर्ताको सक्कल प्रमाणपत्र I
८.२ कर चुक्त्ता प्रमाणपत्र ( कम्पनी, साझेदारी मु. अ. कर दर्ता तथा ५० लाख भन्दा वढी पुँजी भएका निजी फर्मको हकमा लेखा परिक्षण प्रतिवेदन समेत I
८.३ शाखा दर्ता गर्दा अनिवार्य पुँजी वृद्धिगर्नु पर्ने र पुँजी वृद्धिको हकमा साविकको पुँजीमा रु. १० लाख सम्म पुँजी वृद्धि गर्नु पर्ने भएमा स्व:घोषणा पत्र र सो भन्दा वढी गर्नु पर्ने भएमा श्रोत खुल्ने प्रमाण I
९. एजेन्ट दर्ता
९.१ नागरिकता प्रमाणपत्रकोप्रतिलिपि र अनुसूची १३ वमोजिमको दरखास्त I
९.२ एजेन्टले गर्नुपर्ने काम र पाउने कमिसनको विवरण सहितको एजेन्सी दिने फर्मसंग भएको सम्झौताको प्रतिलिपि I
९.३ एजेन्ट नियुक्त गरेको पत्र I
९.४ रु. २० हजार धरौटी जम्माको निस्सा ।

