उद्यमशिलता बिकास तालिम सम्बन्धी
Submited By :२०८२।१०।१२
लघु,घरेलु तथा साना उद्गयोग को विकास,विस्तार र प्रवर्धन मार्फत रोजगारीको अवसर सिर्जना गरि आयआर्जन तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने,उधोग वाणिज्य प्रशासन सम्वन्धि प्रशासनिक कार्य गर्ने र आम उपभोक्त्ताहरुको उपभोक्त्ता हित संरक्षण एवम् उपभोक्त्ता अधिकार सम्वन्धि संस्थागत रुपमा सेवा सुविधा सहयोग उपलव्ध गराउने उदेश्यका साथ स्थापना भएको साविकको घरेलु तथा साना उधोग विकास समिति शाखा कार्यालय दैलेखको नामवाट परिचित यो कार्यालय नेपाल सरकार र कर्णाली प्रदेश सरकारको निर्णय वमोजिम विक्रम सम्वत २०७४/११/०३ मा कर्णाली प्रदेश सरकार अन्तर्गत प्रदेशमा उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको स्थापना भइ प्रदेश सरकारको यसै मन्त्रालय मातहतको जिल्ला स्थित एक कार्यालयको रुपमा यो उधोग तथा उपभोक्त्ता हित संरक्षण कार्यालय दैलेखको स्थापना भएको हो Iकर्णाली प्रदेश सरकार उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले आफ्ना मातहतका कार्यालयहरु वाट प्रदान गर्ने सेवा सुविधालाई अझबढी प्रभावकारी रुपमा सम्पादन तथा संचालन गर्न प्रदेशका १० वटै जिल्लामा एक वटा निर्देशनालय र बाँकि ९ वटा जिल्लामा कार्यालयहरु मार्फत आफ्नो उपस्थिति गराई लघु,घरेलु तथा साना उधोगको विकास,विस्तार र प्रवर्धन मार्फत रोजगारीको अवसर सिर्जना गरि आयआर्जन तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने,उधोग वाणिज्य प्रशासन सम्वन्धि प्रशासनिक कार्य गर्ने,आम उपभोक्त्ताहरुको उपभोक्त्ता हित संरक्षण एवम् उपभोक्त्ता अधिकार सम्वन्धि विभिन्न कार्यहरु गर्ने उधमी व्यवसायीलाई प्रविधि तथा प्राविधिक सहयोग गर्ने र उधोग व्यवसायको व्यवस्थापकीय क्रियाकलापहरुमा सहयोग गर्ने जस्ता आदि कार्यहरु उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रतिनिधि कार्यालयको रुपमा जिल्लामा यस कार्यालयले साल वासाली रुपमा उक्त क्रियाकलापहरु सम्पादन गर्दै आइ रहेको छ I
Submited By :२०८२।१०।१२